१२ श्रावण २०८१, शनिबार

बालिका बलात्कारको आरोपमा बालक पक्राउ



धनगढी । कैलालीको धनगढीमा बालिका बलात्कारको आरोपमा एक बालक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ४ की एक १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेको जनाइएको छ ।
शनिवार राती ९ बजेतिर उसले बालिकालाई बलात्कार गरेको पीडित बालिकाका आफन्तले आरोप लगाएका छन् ।
आफन्तले खबर गरेपछि उत्तरवेहडीबाट बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले बताए । बालिकाकाको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार