११ श्रावण २०८१, शुक्रबार

जन्मदिनमा गौशालालाई आर्थिक सहयोग



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २ की निर्मला बोहराले आफनो जन्मदिनको अवसरमा गौशालामा आर्थिक सहयोग गरेकी छिन् ।
गौ संरक्षण सेवा समितिले धनगढी वडा नम्बर ३ चटकपुरमा सञ्चालन गरेको गौशालालाई उनले आफ्नो २२ औं जन्मदिनमा तीन हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको बताइन् । निर्मला र उनका बुबा गणेशबहादुर बोहराले गौ संरक्षण समितिका अध्यक्ष भोजराज पाठकलाई सहयोग रकम प्रदान गरेका थिए ।
छाडा पशुचौपायाको व्यवस्थापन गर्न निर्माण गरिएको सो गौशाला असोज १८ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।
समितिका सचिव सिताराम अवस्थीले गौशाला निर्माणमा हालसम्म एक करोड ५० लाख रुपैया खर्च भइसकेको बताए ।
सचिव अवस्थीका अनुसार धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट पा“च÷पा“च लाख, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ का प्रदेश सभा सदस्य डिल्लीराज पन्तको प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रमबाट आठ लाख र अन्य समाजसेवी लगायतबाट २५ लाख रुपैया अनुदान प्राप्त भएको छ ।
सुरुमा समितिकै पदाधिकारी बाट ११ सय रुपैया संकलन गरी थालिएको अभियानमा तीन सय ६० जना आजिवन सदस्य थपिएका उनले बताए । यसैगरी ३३ जनाले ५१–५१ हजार रुपैया आर्थिक सहयोग गर्नुका साथै ५३ जनाले ११ हजार रुपैयाका दले सहयोग गरेको उनले बताए ।
हाल गौशालामा एक सय आठ गाईको पालनपोषण गर्ने गरी चार जना गाई हेरालुको व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार