२९ कार्तिक २०८२, शनिबार

काँग्रेसको शुभकामना कार्यक्रम



धनगढी । नेपाली कांग्रेसले वडादशै, तिहार तथा छठ लगायत चाडपर्वको अवसरमा अँईतबार कैलालीसहित देशभरी शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
नेपाली का“ग्रेस कैलालीको आयोजनामा धनगढीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको कैलालीका सभापति नरनारायण शाहले जानकारी दिए ।
बिक्रम सम्वत २०३३ सालमा का“ग्रेसका शिर्ष नेता तथा पूर्व प्रधानमन्त्री बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति सहित भारत प्रवास त्यागेर स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गर्दै आएको छ ।
चियापान कार्यक्रममा सबै राजनीतिक दलका नेता, प्रदेश सभा सदस्य, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, लेखक, साहित्यकार, कलाकार, उद्योगपति, पेसागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, नेपाली कांग्रेसका सदस्य एवं शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
त्यस्तै, डडेल्धुरामा आयोजित शुभकामना कार्यक्रममा का“ग्रेस पार्टी सभापति कर्णबहादुर मल्लले सबैले आपसी सदभाव राखेर विकासका लागि हातेमालो गर्न आग्रह गरे । उनले नेपाली कांग्रेस विपि कोइरालाले देखाएको बाटोमै अघि बढेको बताए ।
त्यस्तै नेपाली कांग्रेस परशुराम नगर समितिले पनि आइतबार चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार