२१ मंसिर २०८२, आईतवार

पूर्वमन्त्री स्वर्गीय चोखालको स्मृतिमा कार्यक्रम



धनगढी । नेपाल काँग्रेस नेता तथा पूर्व मन्त्री स्वर्गीय टेकबहादुर चोखालको स्मृतिमा शनिबार धनगढीमा विभिन्न कार्यक्रम गरिएको छ ।
टेकबहादुर चोखाल स्मृति प्रतिष्ठानले शनिबार बृहत रक्तदान तथा आमाको माया छात्रावासमा खाद्यान्न वितरण गरेको छ ।
रक्तदान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विनय चोखाल, नेपाली का“ग्रेस कैलाली सभापति नरनारायण शाह (मनु), धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, स्वर्गीय चोखालका धर्मपत्नी कल्पना देवी चोखाल लगायतको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको प्रतिष्ठानका अध्यक्ष विनयले जानकारी दिए ।
त्यस्तै धनगढीस्थित आमाको माया छात्रावासमा खाद्यान्न सामाग्री वितरण गरिएको थियो । अध्यक्ष बिनयले छात्रावासलाई दुई कठ्ठा चामल, चिउरा, तेल, फलफूल लगायत खाद्यान्न सामग्री वितरण गरिएको बताए ।
स्वर्गीय चोखाल २०४८ तथा २०५६ सालको आम निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५९ सालमा कानूनमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार