१२ श्रावण २०८१, शनिबार

यात्रु युवतिलाई बलात्कार गर्ने अटोचालक पक्राउ



पुनर्वास । कञ्चनपुरको पुनर्बासमा यात्रु युवतीलाई बलात्कार गर्ने अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको छ ।

बिहिवार राती साढे नौ बजे तिर पुनर्वास नगरपालिका वडा नम्बर ७ को ३१ वर्षीय अटोरिक्सा चालक भरतसिंह महराले पुनर्वासकी एक १८ वर्षीया युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
माइतीघरबाट घर फर्कदै गरेकी युवतिलाई अटो रिक्सा चालक महराले पुनर्वास नगरपालिका ‘क’ गाउँ र ‘ख’ गाउँको बीचमा पर्ने जनजागरण सामुदायिक वन भित्र लगेर बलात्कार गरेको थियो ।
युवतिले गुहार मागेपछि स्थानीयले अटो चालक महरालाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा बुझाएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए । जबर्जस्ती करणीमा संलग्न रहेको महरालाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले बताए ।
पीडित युवति माइतीघर महेन्द्रनगरबाट घर आउने क्रममा डोकेबजारदेखि अटोरिक्सा चढेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार