१२ श्रावण २०८१, शनिबार

ब्राउन सुगरसहित युवति पक्राउ



धनगढी । कैलाली प्रहरीले ब्राउन सुगर सहित एक युवतीलाई पक्राउ गरेको छ । नेपाल–भारतको सिमा क्षेत्र त्रिनगर भन्सार नाकामा खटिईएको प्रहरी टोलीले ब्राउन सुगरसहित युवतीलाई पक्राउ गरेको हो ।


धनगढी उपमहानगरपालिका वडा नम्बर ६ घर भएकी तथा हाल वडा नम्बर ७ क्याम्पसरोडमा डेरा गरी बस्ने २४ वर्षीया कौशिल्या चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले भारतबाट नेपालतर्फ आईरहेको अवस्थामा चेक जाच गर्दा शरिरमा लुकाईछिपाई राखेको तीन ग्राम छ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
प्रहरीले कौशिल्यालाई नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाशसिंह कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार