१२ श्रावण २०८१, शनिबार

उद्यमशिलता तथा सामाजिक समावेशीकरण तालिम



धनगढी । धनगढी उपमहानगरपालिकाद्वारा एकल महिलाका लागि उद्यमशिलता विकास र लैंगिक तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिम आयोजना गरिएको छ ।

उपमहानगरपालिकाले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को ६० प्रतिशत अनुदानमा एकल महिलाको सामाजिक तथा आर्थिक शसक्तिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले कार्यक्रमबाट उपमहानगरपालिकामा रहेका तीन हजार छ सय एकल महिलाहरूमध्ये आर्थिक तथा सामाजिक रुपमा कमजोर तीन सय ५० जना एकल महिलालाई उद्यमी बनाउने योजना रहेको बताए ।
एकल महिलालाई साना तथा घरेलु उद्योगमा लगाउने र उनिहरूले सिर्जना गर्ने रोजगारीका अवसरहरूमा पनि एकल महिलाहरूलाई नै काम दिने ढा“चामा कार्यक्रम संचालन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार