१२ श्रावण २०८१, शनिबार

पुलका लागि २६ दिनदेखि रिले अनसन



धनगढी । बैतडीको नेपाल–भारत सिमाना झुलाघाटमा मोटरेवल पुलका लागि २६ दिनदेखि रिले अनशन जारी छ ।


उद्योग बाणिज्य संघ बैतडीको अगुवाईमा नागरिक समाज, राजनीतिक नेता÷कार्यकर्ताको ऐक्यवद्धतामा गत भदौं २६ गतेदेखि रिले अनशन जारी छ ।
उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले भने– पुल नहुँदा बिरामीलाई मात्रै सास्ती भइरहेको छैन, व्यापारिक सामान बोकेर ल्याउनु पर्दा ढुवानी खर्च समेत निकै बढी तिर्नुपरिरहेको छ ।
महाकाली नदीमा मोटरेवल पुल नभएका कारण सीमापारी आवतजावत गर्दा गर्भवती महिला, बिरामी, धार्मिक पर्यटकलाई ओहोरदोहोरमा कठिनाई हुने गरेको छ । स्थानीय जयसिंह भाटले भने– डेढसय वर्षअघि इस्टईण्डिया कम्पनीले बनाएको झुलाघाटको पुल जिर्ण भइसकेको छ । वर्षेनी टालटुल गरेर पुल सञ्चालन भइरहेकोा छ ।
बैतडीको झुलाघाटसम्म सडक यातायात पुगेको दुई दशक बढी भईसकेको छ । पक्की पुल नहुदा सीमा वारपार गर्ने यात्रुले सास्ती खेप्दै आएका छन् । मोटरेबल पक्की पुल नभएका कारण व्यापारिक सामान भरियाले बोकेरै पु¥याउने गरेकाले सामानको मुल्य समेत महंगो हुने व्यापारी बताउछन् । भरियाले प्रतिकिलो सात रुपैंयामा सामान बोक्ने गरेको स्थानीय व्यवसायी जयराज भण्डारीले बताए ।
उद्योग बाणिज्य संघ बैतडीले पुलको माग गर्दै दुई वर्षअघि नै स्थानीयको १० हजार हस्ताक्षर संकलन गरेर नेपाल सरकार र भारतीय राजदुताबासमा ज्ञापनपत्र दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार