१२ श्रावण २०८१, शनिबार

स्थानीय शासनसम्बन्धी कार्यशाला



धनगढी । संघीयतामा स्थानीय शासनसम्बन्धी कार्यशाला तथा अभिमुखीकरण बिहीबार धनगढीमा समापन भएको छ ।


सञ्चार प्रतिष्ठान नेपाल, कैलालीले आयोजना गरेको कार्यशालामा नेपालमा परिवर्तित शासकीय संरचना र प्रणालीपछिको अवस्था र चु्नौति, स्थानीय तह, प्रदेश तथा संघीय सरकारबीचको अन्तरसम्बन्ध, स्रोतसाधन तथा अधिकारको प्रयोग तथा उपभोगमा सिर्जना भइरहेका द्वन्द्व र विवाद, स्थानीय शासनका मुलभूत सवाल, परिवर्तित शासकीय संरचनामा मिडियाको भूमिका लगायतका विषयमा प्रशिक्षण गरिएको थियो ।
कार्यशालामा कैलाली, कञ्चनपुर र डडेल्धुराका गरी २० जना पत्रकारको सहभागिता रहेको थियो ।
कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा र स्थानीय शासनविज्ञ (नेपालगन्ज) ले परिवर्तित शासकीय संरचना र प्रणाली तथा मिडियाको भूमिकाबारेका मुलभुत सवालमा प्रशिक्षण दिएका थिए ।
कार्यशालामा स्थानीय शासनसम्बन्धी सञ्चार माध्यममा उठान भइरहेका सवाल, उठाउनु पर्ने विषयवस्तु, खोजमुलक तथा अनुसन्धानमुलक रिपोर्टिङको सीपकला र विषय छनोट समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार