१२ श्रावण २०८१, शनिबार

चरेशसहित पाँच जना पक्राउ



धनगढी । बझाङ र कञ्चनपुरमा लागुऔषध चरेससहित पा“च जना पक्राउ परेका छन् । प्रहरीले बझाङबाट तीन र कञ्चनपुरबाट दुई जनालाई लागु पदार्थ चरेससहित पक्राउ गरेको जनाएको छ ।


बझाङको बुंगल नगरपालिकाबाट पाँच किलो चरेससहित वडा नम्बर २ का २२ वर्षीय जयबहादुर धामी, ३७ वर्षीय पदम आग्री र २२ वर्षीय अजयबहादुर धामीलाई पक्राउ गरिएको बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए ।
बुधबार दिउ“सो अस्थायी प्रहरी पोष्ट विजगडाबाट प्रहरी सहायक निरीक्षक अम्मरसिंह भण्डारीको कमाण्डमा रहेको प्रहरी टोलीले बुंगल नगरपालिका वडा नम्बर २ को सुंगरबगर भन्ने स्थानबाट उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।
झोला बोकी हि“डीरहेका तीनै जनालाई शंका लागेपछि प्रहरीले चेकजा“च गर्ने क्रममा उनीहरुको झोलाबाट प्लाष्टिकमा बेरी राखेको अवस्थामा पा“च किलो चरेस बरामद भएको थियो ।
तीनै जनालाई म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिका ६ ‘ङ’ गाउ“ बाट १० ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको प्रहरीको गस्ती टोलीले कृष्णपुर नगरपालिका ८ की २३ वर्षीया मञ्जु चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका १३ का सन्तोष रानालाई ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए ।
ब्राउन सुगरसहित पक्राउ परेका दुवैको म्याद थप गरी अनुसन्धान शुरु गरिएको उनले बताए । प्रहरीले मंगलबार दुवै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार