१२ श्रावण २०८१, शनिबार

सामुदायीक विद्यालयका विद्यार्थीलाई झोला वितरण



धनगढी । धनगढी उपमहानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका दुई हजार बढी विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।


धनगढी उपमहानगरपालिका र ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), सफा सुनौलो नेपालको समन्वय र चाईना फाउन्डेसनको आर्थिक सहयोगमा बुधबार दुई हजार एक जना विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरियो ।
रुडुकका संस्थापक अध्यक्ष डाक्टर आरजु राणा देउवा, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार