२७ कार्तिक २०८२, बिहीबार

क्यूएए पढाई गुणस्तरको मापन– आरजु



धनगढी । नेपाली कांग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले गुणस्तरीय सुनिश्चितता प्रत्यायन (क्यूएए) शिक्षण संस्थाको पढाई गुणस्तर तथा व्यवस्थापनको मापन भएको बताएकी छिन् ।


धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसले बुधबार आयोजना गरेको गुणस्तरीय सुनिश्चितता प्रत्यायान (क्यूएए) बधाई तथा दशैतिहारको शुभकामना आदानप्रदान कार्यक्रममा नेतृ डाक्टर देउवाले भनिन्– कुनै पनि शैक्षिक संस्थाले क्यूएए पाउनु भनेको पढाई गुणस्तर र ब्यबस्थापकीय पक्ष उत्कृष्ट रहेको द्योतक हो ।
कार्यक्रममा शिक्षाविद् प्राध्यापक डाक्टर हेमराज पन्तले क्यूएए प्रमाणपत्र शिक्षाको गुणस्तर चिन्ह भएको बताए । उनले क्यूएएको अवधी पा“च वर्षको हुने र त्यसपछि नविकरण प्रक्रियामा जानुपर्ने बताए ।
धनगढी उपमहानगरपालिका प्रमुख तथा क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष नृपबहादुर वडले ऐश्वर्यलाई क्यूएए प्राप्त गर्ने अवस्था सम्म पु¥याउने सबैमा धन्यवाद ज्ञापन गरे ।
ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्मदेव भट्टले ऐश्वर्य क्यूएए पाउने ३७ औं क्याम्पस भएको बताए । उनले यो सफलतामा क्याम्पस ब्यबस्थापन समिति, क्याम्पस प्रशासन र विद्यार्थी शिक्षक सबैको योगदान रहेको चर्चा गरे ।
उनले भने– हामीसंग अवसर र चुनौती दुबै छन् । हामी गुणस्तरलाई कुनै पनि अवस्थामा कमी हुन दिने छैनौं ।
समकक्षी पुनरावलोकन समुह (पिआरटी) ले ऐश्वर्य बहुमुखी क्याम्पसको गुणस्तरीय सुनिश्चितता प्रत्यायान (क्यूएए) सम्वन्धी अन्तिम प्रतिवेदन साउन महिलो साता सार्वजनिक गरेको थियो ।
विश्वविद्यालय अनुदान आयोग समकक्षी पुनरावलोकन समुह पिआरटीका संयोजक सुनिती हाडा श्रेष्ठको समुह तीन बर्षदेखि अध्ययनमा थियो । तीन बर्षसम्म पटक पटक क्याम्पसमा पुगेर पुनरावलोक गरेको बताउदै संयोजक श्रेष्ठले भनिन्– क्याम्पस ब्यबस्थापन समिति, क्याम्पस प्रशासन, विद्यार्थीको असल सम्वन्ध, सकारात्मक सोच र केहि गरौ भन्ने भावनाबाट हामी सबैभन्दा बढी प्रभावित भयौं ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार