१२ श्रावण २०८१, शनिबार

विद्युत बिस्तारका लागि गाउँमा ट्रान्सफर्मर पठाइदै



सुखड । कैलालीको सुखडमा रहेको घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाले दशैंसम्म विद्युत सेवा पु¥याउने घोषणा सहित गाउ“मा ट्रान्सफर्मर पठाएको छ ।
संस्थाका अनुसार विद्युत सेवा विस्तारका लागि आवश्यक २९ वटा ट्रान्सफर्मर मध्ये हालसम्म २३ वटा ट्रान्सफर्मर आईसकेको बताएको छ ।
सहकारी संस्थाका अध्यक्ष भीमबहादुर वडुवालले दशैंभित्र घोडाघोडी नगरपालिकाको वडा नम्बर ५ र ७ मा विद्युत सेवा पु¥याउने गरि काम भइरहेको बताए ।
तर, उपभो्रक्ताले विद्युत सहकारी संस्थाको कार्यालयमा गरेको तालाबन्दी १६ औं दिनसम्म पनि खुल्न सकेको छैन ।
ताला खोल्ने विषयमा सहकारीले संघर्ष समिती, वडाध्यक्ष लगायत सरोकारवालाहरूसंग छलफल गरे पनि उनीहरूले चासो नदिएको अध्यक्ष बडुवालले बताए ।
संघर्ष समितीका अध्यक्ष वीरबहादुर धामीले सहकारी संस्थाले छलफलका लागि खवर नगरेको बताए ।
संघर्ष समितीले सहकारी संस्थाले आफनो सेवा क्षेत्र खारेजी गर्नुपर्ने लगायतका माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार