११ श्रावण २०८१, शुक्रबार

नवआगन्तुक विद्यार्थीको स्वागत



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ बैयाबेहडीस्थित शारदा माध्यामिक विद्यालयले कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रम गरेको छ ।
बुधबार आयोजित स्वागत कार्यक्रमको प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद प्रदेश कार्यालय धनगढीका निर्देशक डाक्टर कुष्माकर भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतकुमार चौधरी, राष्ट्रिय परिक्षा बोर्ड धनगढीका प्रमुख उत्तमदेव बिष्ट, धनगढी उपमहानगरपालिकाका युवा शिक्षा तथा खेलकुद महाशाखा प्रमुख बिष्णुप्रसाद कोईराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा निर्देशक भट्टले शारदा माविले यो वर्षबाट सञ्चालन गर्ने गरी तीन वर्षीय डिप्लोमा ईन कम्प्युटर ईञ्जनियरिङ कोर्षको स्वीकृति प्राप्त गर्ने जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंहले विद्यालयको प्रगति प्रतिबेदन, उपलब्धी र विद्यमान अवस्थाका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमको सञ्चालन छात्रा मञ्जु उप्रेतीले गरेकी थिईन ।
कार्यक्रममा प्लस टुमा जेटिए, आईएस्सी एजी र अन्य संकायका नया“ विद्यार्थीलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार