१२ श्रावण २०८१, शनिबार

पक्कीपुल निर्माणका लागि रिले अनसन जारी



डडेल्धुरा । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि जिल्ला प्रशासन कार्यालयअगाडि थालिएको रिले अनसन १८ औ“ दिनमा पनि जारी छ । सीमा नाकामा पक्की पुल निर्माणको एकसुत्रीय मात्र राखेर झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिले रिले अनसन जारी राखेको हो ।
पुल निर्माणका विषयमा बेलाबेला सरकार तथा नेताहरूले दिएका आश्वासन पूरा नभएकाले आफूहरूले अनसन बस्नुपरेको संघर्ष समितिका संयोजक एवं उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए । झुलाघाट नाकामा पक्की पुल निर्माण नहु“दा यो क्षेत्रको समग्र आर्थिक विकासमा बाधा पुगेको भन्दै पुल निर्माणमा जोड दिइएको उनको भनाइ छ ।
रिले अनसनको सत्रौं दिनमा पाटन नगरपालिकाका, मेलैली नगरपालिकालगायत विभिन्न स्थानका नागरिक र जनप्रतिनिधिहरूले समर्थन जनाएका छन् ।
झुलाघाट नाकामा पक्की पुल निर्माण आर्थिक रुपान्तरणका लागि आवश्यक भएकाले आफूहरूले पनि अनसनमा साथ दिएको पाटन नगरपालिकाका प्रवक्ता तथा वडा ९ का वडाध्यक्ष लोकबहादुर भण्डारीले बताए । उनले भने, ‘यो सबैको साझा विषय हो । सरकारलाई दबाब दिनका लागि सबैले एकमत हुन आवश्यक छ ।’
रिले अनसनमा मंगलबारसम्म ३ सय ७५ जनाले सहभागिता जनाइसकेका छन् । सरकारले पुल निर्माणका विषयमा ठोस कुरा नगर्दासम्म अनसन जारी रहने संघर्ष समितिले जनाएको छ । झुलाघाट नाकामा पक्की पुल नहु“दा करीब १ सय ५० वर्षअघि इष्ट इण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलमार्फत आवतजावत गर्ने गरिएको छ ।
भारतसँग द्वीपक्षीय कुराकानी गर्ने परराष्ट्रमन्त्रीको आश्वासन
बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले सीमा नाका झुलाघाटमा पक्की पुल निर्माणका विषयमा परराष्ट्रमन्त्रीसँग भेटघाट गरेका छन् ।
झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि जिल्लामा रिले अनसन जारी रहेको र पुल नबन्दा सुदूरपश्चिमका नागरिकले समस्या झेलिरहेको विषयमा छलफल भएको सांसद भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।
सांसद भण्डारी, पूर्वसभासद रेणु चन्द र पुरनसिंह दयाल लगायतको टोलीले परराष्ट्रमन्त्रीलाई भेटेर पुलका विषयमा जानकारी गराएको उनले बताए । छलफलमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले झुलाघाटमा पक्की पुल निर्माणका विषयमा भारतस“ग द्विपक्षीय कुराकानी गर्ने आश्वासन दिएका छन् ।
यसअघि पनि पुलका विषयमा कुरा भएको परराष्ट्रमन्त्रीले छलफलमा बताएका सांसद भण्डारीले बताए ।
जनस्तरको दबाबलाई सकारात्मक रुपमा लि“दै मन्त्रालयको प्रतिनिधि टोलीलाई जिल्लामा पठाउने परराष्ट्रमन्त्रीले प्रतिबद्धता जनाएका छन् । झुलाघाट नाकामा उपयुक्त स्थानमा पुल निर्माणका लागि भारत सरकारस“ग छलफल गरिने मन्त्रीले आश्वासन समेत दिएका छन् ।
झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिले गत भदौ २२ गतेदेखि रिले अनसन जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार