११ श्रावण २०८१, शुक्रबार

उपभोक्ता समितिका लागि अभिमुखीकरण



धनगढी । योजनाको निर्माण र अनुगमन प्रभावकारी बनाउन धनगढी उपमहानगरपालिकाले उपभोक्ता समितिका पदाधिकारीहरूका लागि सोमबारदेखि अभिमूखिकरण कार्यक्रम शुरु गरेको छ ।


उपमहानगरपालिका कार्यालयका अनुसार पहिलो चरणमा उपमहानगरपालिकाका वडा नम्बर १५, १६ र १७ का उपभोक्ता समितिहरूलाई सहभागी गराएर अभिमूखीकरण गरिएको छ ।
नगर प्रमुख नृपबहादुर वडले सबै वडाका उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमूखीकरण गरिने बताए ।
कार्यक्रम शुरु गर्दै नगर प्रमुख वडले आफ्नो गाउ“टोलको विकास योजना गुणस्तरीय बनाउने पहिलो दायित्व स्थानीयको नै हुने चर्चा गरे ।
कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्टले उपभोक्ताले गर्ने काम गुणस्तरीय र पारदर्शी हुन्छ भनेर नै उपभोक्ता समितिको अवधारणा ल्याएको बताईन ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटाले नगरमा सञ्चालन हुने सबै योजनाहरूका लागि उपभोक्ता समिति गठन भैसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार