११ श्रावण २०८१, शुक्रबार

विविध कार्यक्रमसहित सामाजिक सेवा दिवस मनाइयो



धनगढी । “खुशी र समृद्ध राष्ट्रिय सोच, समाज विकास हाम्रो अठोट’ भन्ने नाराका साथ सोमबार धनगढीमा विभिन्न कार्यक्रम सहित ४० औं सामाजिक सेवा दिवस मनाइएको छ ।


दिवसका अवसरमा गैरसरकारी संस्था महासंघ, सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा धनगढी पार्कमोडदेखि क्याम्पस रोडसम्म प्रभातफेरि निकालिनुका साथै दृष्टि फाउण्डेशनलाई खाद्यान्न वितरण गरियो ।
महासंघ, सुदूरपश्चिम प्रदेश समितिले दृष्टि फाउण्डेशनलाई ११ हजार पाँच सय ६५ रुपैयाँ तथा १० हजार पाँच सय ६० रुपैयाँ मूल्य बराबरको खाद्यान्न र पा“च हजार चार सय रुपैयाँ बराबरको कपडा सहयोग गरेको हो ।


सो अवसरमा गैरसरकारी संस्था महासंघ र धनगढी उपमहानगरपालिकाको आयोजनामा दीगो विकास लक्ष्य २०३० बारे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री कृष्णरज सुवेदी प्रमुख अतिथि रहेका थिए । कार्यक्रम महासंघका प्रदेश इन्चार्ज भवराज रेग्मीको अध्यक्षतामा भएको थियो ।
दिवसकै अवसरमा सोमबार नै महासंघको सुदूरपश्चिम प्रदेश समितिको दोस्रो साधारण सभा समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार