२५ मंसिर २०८१, मंगलवार

मासमको जिल्ला समिति गठन



धनगढी । मानव अधिकार संरक्षण मञ्च (मासम) कैलालीको जिल्ला सम्मेलन शनिवार धनगढीमा सम्पन्न भएको छ ।


मानव अधिकारवादी संघसस्था तथा व्यक्तिको उपस्थितिमा सम्पन्न सम्मेलनले रामचन्द्र जोशीको अध्यक्षतामा जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा दुर्गा नेपाली, सचिवमा कृष्ण सुवेदी र कोषाध्यक्षमा चरनदेवी शाही चयन भएका छन् । सदस्यहरुमा माहे निगार अन्सारी, सुरज परियार, खेमा विक, कुश्मा राना, गयाप्रसाद कठरिया, मुकेश आउजी, अमित ताम्राकार, ममता चौधरी, धर्म विक, शुसिला घिमिरे र नवराज थापा चयन भएका छन् ।
जिल्ला सम्मेलन उद्घाटन धनगढी उपमहानगरपालिका नगर प्रमुख नृप वहादुर वडले गरेका थिए । सम्मेलनमा मञ्चका प्रदेश अध्यक्ष डिल्लीराज जोशी, गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव धर्मराज पाठक, सुदूरपश्चिम प्रदेश मुख्य न्यायधिवक्ता कार्यालयका शाखा अधिकृत सुर परियार, उपभोक्ता हकहित संरक्षण मञ्चका केन्दीय उपाध्यक्ष धनपति ढुगेल, खाद्यअधिकार सञ्जालका सदस्य गयाप्रसाद कठरिया, महिला पैरवी मञ्चकी अध्यक्ष सपना भण्डारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मञ्चका प्रदेश सदस्य रामचन्द्र जोशीले स्वागत मन्तव्य गरेको सम्मेलन मञ्चका प्रदेश सदस्य हिक्मतवहादुर दर्जीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन मञ्चका प्रदेश सचिव राजेन्द्र रैकाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार