१२ श्रावण २०८१, शनिबार

आत्मरक्षा तालिम



सुखड । सीमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग कार्यक्रम (स्टेम परियोजना) ले आयोजना गरेको पांच दिने आत्मरक्षा तालिम बिहीबार सुखडमा समापन भएको छ । तालिममा ३५ जना बालिकाको सहभागीता रहेको थियो ।
तालिम समापन कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष मनराज शाही, राष्ट्रिय माध्यामिक विद्यालय सुखडका शिक्षक रामप्रसाद गौतम, स्टेम परियोजनाका सामाजिक परिचालक बिन्तीराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार