२५ मंसिर २०८१, मंगलवार

खाद्य अधिकारबारे ज्ञापनपत्र



धनगढी । कैलाली र कञ्चनपुरका खुल्ला सिमा क्षेत्रका खाद्य अधिकार हनन् भएकाहरुले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई बिहीबार ज्ञापनपत्र वुझाएका छन् ।
उनीहरुले सिमा क्षेत्रमा विद्यमान समस्याका साथै भारतको दुधवा राष्ट्रिय निकुञ्जवाट आउने जंगली जनावरहरुले खेतीवाली सखाप पार्नुका साथै मानविय क्षती गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउका छन् ।
दुधवा राष्ट्रिय निकुञ्ज वन्यजन्तु पीडित सघर्ष समिति कञ्चनपुरका अध्यक्ष केशव तिमिल्सेनाले सीमामा अवस्थित भारतीय दुधवा निकुञ्जका जंगली जनावरहरुको आक्रमणका कारण अहिलेसम्म तीन जनाको ज्यान गएको तथा कैयौ घाईते भएको बताए ।
उनले वर्षायाममा दोदा नदीको बाढी, डुबान, कटान र पटानबाट जग्गा तथा जनतालाई सुरक्षित राख्नेतर्फ सरकारको ध्यानाकर्षण गरिएको बताए ।
त्यस्तै, कैलालीको कैलारी गाउ“पालीका स्तरीय स्थानीय खाद्य अधिकार सञ्जालका संयोजक दिपक सुनारले कैलारी गांउपालिका वडा नम्बर ३, शिवरतनपूर, मोहनपूर र वडा नम्बर ७ हौसलपूरमा भारतिय सिमादेखि एक सय मिटरको दुरीमा रहेको नेपाली बस्तीमा भारतिय सिमा सुरक्षा बलको ज्यादति जारी रहेको वताए ।
उनले वर्षायाममा भारतीय सिमावर्ती चन्दनचौकी, बेला परसुवाामा पूर्णरुपमा निर्भर हुनुपर्ने र खाद्य सामग्री लगायत घरायसी सामान ल्याउन समेत समस्या हुने गरेको बताए ।
त्यस्तै भारतिय दुधवा राष्ट्रिय निकुन्जबाट आउने हात्ति, वदेल, चित्तल लगायतका बन्यजन्तुले वर्षौदेखि बालिनाली नास गर्नुका साथै घर भत्काउने गरेको बताए ।
पीडितहरुले मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहलाई स्थानीय क्षेत्रको स्थलगत निरीक्षण गर्न आग्रह गरे ।
मुख्यमन्त्री भट्टले सिमा समस्याबारे संघिय सरकारको ध्यानाकर्षण गराइने बताए ।
ज्ञापनपत्र बुझाउने क्रार्यक्रममा प्रदेश सभा सदस्य तारा लामा तामाङ र विरभान चौधरी, फियान नेपालका कार्यकारी निर्देशक अशोकबहादुर सिंह र कानुन तथा क्षमता विकास अधिकृत मुकुन्द राना, स्थानीय खाद्य अधिकार सञ्जालका संयोजक कञ्चन गिरी, प्रेमलता गौतम, कमल चौधरी लगायतकोसहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार