११ पुष २०८१, बिहीबार

डेंगुबारे सचेतना : कांग्रेसद्वारा र्‍यालीसहित औषधी स्प्रे



डडेल्धुरा । डेंगुको संक्रमणबाट जोगिन डडेल्धुरामा नेपाली कांग्रेसले सचेतना र्‍यालीसहित औषधी छर्किएको छ । बुधबार बिहान जिल्ला सदरमुकाम बागबजारमा नेपाली कांग्रेस डडेल्धुराले डेंगु रोगको संक्रमणबाट जोगिन “स्थानीय आफै“ सचेत रहौं” भन्ने उद्घोषका साथ र्‍याली निकाल्नुका साथै बजार क्षेत्रका नाली तथा झाडीमा लामखुट्टे मार्ने औषधि छर्किएको छ ।
‘सरकार अन्धो छ, जनता आँखा खोलौ“, डेंगुप्रति सचेत रहौं, घरआ“गन सफा राखौं’ भन्ने नारा अंकित ब्यानरस“गै कांग्रेसले जिल्ला सदरमुकामको बजार क्षेत्रमा र्‍याली प्रदर्शन तथा विषाधि छर्केको थियो ।
का“ग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सभा सदस्य कर्ण मल्ले तराईमा लामखुट्टेको टोकाइबाट फैलिने डेंगु रोगको संक्रमण पछिल्ला वर्षहरूमा पहाडी जिल्लामा पनि देखिन थालेकाले सचेत रहन सचेतना आवश्यक रहेको बताए ।
कांग्रेसको सचेतना र्यालीमा राष्ट्रिय जागरण अभियानका केन्द्रीय प्रतिनिधि अन्तराम भट्ट, बेलबहादुर राना तथा जिल्ला स्तरका नेता कार्यकर्ताको सहभागिता रहेको थियो थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार