१० श्रावण २०८१, बिहीबार

जानकीमा अपाङ्गता परिचयपत्र वितरण शुरु



लम्की । कैलालीको जानकी गाउँपालिकाले बुधबारदेखि अपांगता परिचयपत्र वितरण कार्य शुरु गरेको छ ।


अपा¨ता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि, २०७५ अनुसार जानकी गाउँपालिकामा गठित अपांगता परिचयपत्र वितरण स्थानीय समन्वय समितिले पहिलो चरणमा अपा¨ता परिचयपत्र प्राप्त गरि सेवा लिईरहेकाका लागि बुधबारदेखि नयाँ परिचयपत्र वितरण शुरु गरिएको जनाइएको छ ।
बुधबार एक संक्षिप्त कार्यक्रमबीच गाउ“पालिका अध्यक्ष प्रदिपकुमार चौधरीले परिचयपत्र वितरण आरम्भ गरे ।
सो अवसरमा अध्यक्ष चौधरीले नया“ अपा¨ता भएका व्यक्तिहरूलाई पनि छिट्टै परिचयपत्र वितरण गरिने बताए ।
कार्यक्रममा गाउ“पालिका उपाध्यक्ष उमा महतोले अपा¨ता भएका र परिचयपत्र प्राप्त गरि सेवा लिईरहेका व्यक्तिहरूलाई पहिलो चरणमा वडा नम्बर १ र ३ बाट परिचयपत्र वितरण शुरु गरिएको बताइन् ।
उनले गाउ“पालिकाका सबै नौ वडामा नया“ अपा¨ता भएका व्यक्तिहरूलाई समेत परिचयपत्र वितरण गरिने बताइन् ।
बुधबार वडा नम्बर १ का पूर्ण अशक्त अपा¨ता भएका सात जनालाई रातो परिचयपत्र, चार जनालाई निलो तथा र मध्यम अपा¨ता भएका तीन जनालाई पहेलो रंगको परिचयपत्र वितरण गरिएको गाउ“पालिकाको महिला विकास शाखा संयोजक ऋजु चुकाहा चौधरीले जानकारी दिइन् ।
कार्यक्रमको गाउ“पालिका सामाजिक विकास शाखा प्रमुख हिरालाल चौधरीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार