१० श्रावण २०८१, बिहीबार

दृष्टि फाउण्डेशनमा जन्मदिन



धनगढी । सामाजिक कार्यमा सक्रिय युवाहरूको समूह हेल्प फर ह्याप्पीनेस गु्रपको आपतकालिन असहाय कोषका सदस्य उज्ज्वल बुर्लाकोटीले बुधबार धनगढीस्थित दृष्टि फाउण्डेसनमा आफ्नो जन्मदिन मनाएका छन् ।
कोषका सदस्य उज्ज्वलले आफ्नो जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनमा रहेका असहाय एवं मनोरोगीहरूको सहयोगार्थ खाद्यान्न लगायतका सामग्री प्रदान गरे ।
उनले फाउण्डेसनका आश्रितहरूको सहयोगार्थ चामल, दाल, तेल, नुन, मसला, लगायतका सामग्री तथा २१ सय रुपैया फाउण्डेसनका सञ्चालक कल्पना भट्टलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा हेल्प फर ह्याप्पीनेसका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारी, उज्ज्वलकी आमा शिवकुमारी बुर्लाकोटी तथा गु्रपका सदस्यहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा उज्ज्वलकी आमा शिवकुमारीले असहायहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताईन् ।
हेल्प फर ह्याप्पीनेसका सुदूरपश्चिम संयोजक भण्डारीले आपतविपदमा परेका व्यक्तिलाई सहयोग गर्नु गु्रपको मुख्य उद्देश्य रहेको बताए ।
सो अवसरमा दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पनाले सहयोगका लागि धन्यवाद ज्ञापन गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार