१० श्रावण २०८१, बिहीबार

डेंगु सम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन



धनगढी । धनगढीमा विद्यार्थीहरूले आइतबार डेंगु सम्बन्धी सचेतनामुलक नाटक प्रदर्शन गरेका छन् । धनगढीस्थित क्यास्पीएन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूले सडक नाटक प्रस्तुत गरेका हुन् । डेंगु रोग संक्रमण बढिरहेको वेला विद्यालयमा गठन गरेको इन्टरयाक्टर क्लवको आयोजनामा सडक नाटक प्रदर्शन गरिएको छ ।
क्लवका सचिव किरणनाथ योगीले डेंगु रोगबारे समुदायमा जागरुकता ल्याउने उद्देश्यका साथ लघुनाटक प्रस्तुत गरिएको जानकारी दिए । उनले भने– सुदूरपश्चिममा डेंगुको संक्रमणमा बृद्धि भइरहेकोले सचेतना फैलाउनु आवश्यक छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ४० जनामा डेंगुको संक्रमण देखिएको छ ।
लघुनाटक प्रस्तुति कार्यक्रममा रोटरी क्लवका अध्यक्ष हरिशंकर ठाकुर, बरिष्ट चिकित्सक डाक्टर गणेशबहादुर सिंह तथा ठूलो संख्यामा विद्यार्थी र दर्शकको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार