१२ श्रावण २०८१, शनिबार

डडेल्धुरामा थप डेंगुका रोगी भटिए



डडेल्धुरा । डडेल्धुरामा पनि डेंगु रोगका एकजना बिरामी भेटिएका छन् । बझाङको बुंगल नगरपालिका–५ का ११ वर्षीय सुरेश बोहरालाई परिक्षण गर्दा डेंगु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको हो ।
उपचारका लागि डडेल्धुरा ल्याइएका उनलाई डेंगुको लक्षण देखिएपछि परीक्षण गरिएको थियो । परीक्षणका क्रममा डेंगु देखा परेको अस्पतालका डा जीवन खरेलले जानकारी दिए ।
‘उनलाई लगातार १० दिनसम्म ज्वरो आएको, आ“खाको नानी दुख्ने, पिसाबमा रातो रगतजस्ता लक्षण देखिएको थियो’ उनले भने ‘मिल्दो जुल्दो लक्षण देखिएकाले उनलाई परिक्षण गरि“दा डेंगु भेटियो ।’
सुदूरपश्चिममा अहिले डेंगु र स्क्रब टाइफस देखिएकाले सबैले सर्तकता अपनाउनुपर्ने उनको सुझाव छ ।
हालसम्म यस प्रदेशका ७ जिल्लाका ३५ जनामा संक्रमण देखिएको छ । डेंगुबाट एकजनाको ज्यान गइसकेको छ ।
पछिल्लो तथ्याकंअनुसार कैलालीमा १६, दार्चुलामा ८, कञ्चनपुरमा ७, डोटी, अछाम, बैतडी र बझाङमा १÷१ जना गरी ३५ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले जनाएको छ । जसमध्ये डोटीमा एक जनाको मुत्यु भएको छ ।
७ जिल्लाकै बिरामीलाई डडेल्धुरा, कैलाली र कञ्चनपुरका अस्पतालहरुमा चेकजा“च गर्दा डेंगुको संक्रमण भेटिएको हो । प्रदेशभर हालसम्म ३५ जनामा संक्रमण देखिए पनि हजारौ“ व्यक्ति प्रभावित भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । बिरामी अस्पतालको सम्पर्कमा आउने क्रम जारी रहेकाले संक्रमितको संख्या बढ्नसक्ने निर्देशनालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार