१० श्रावण २०८१, बिहीबार

महालक्ष्मीको साधारण सभा



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३, जुरपानीस्थित महालक्ष्मी सामुदायिक वन उपभोक्ता समुहको बुधबार सातौ“ वार्षिक साधारण सभा भएको छ ।
साधारण सभा बन समितिका अध्यक्ष मंगला देबी चौधरीको अध्यक्षतामा भएको थियो । ्
साधारण सभामा वडा नम्बर ३ का अध्यक्ष कमल थारु, बन सबडिभिजन कार्यालय सुखडका अधिकृत ज्ञानु चौधरी, सवडिभिजन कार्यालय साडेपानीका अधिकृत रामसिंह धामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा वन समितिका सचिव नमिता बोहराले गत आर्थिक वर्ष २०७५÷२०७६ को चार लाख २३ हजार सात सय रुपैयाको आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार