१० श्रावण २०८१, बिहीबार

विद्युत सहकारी संस्थामा तालाबन्दी



सुखड । कैलालीको सुखडमा रहेको घोडाघोडी ग्रामीण विद्युत सहकारी संस्थामा स्थानीयहरूले बुधबार अनिश्चतकालीन तालाबन्दी गरेका छन् ।
सो सहकारी संस्थाको खारेजीको माग गर्दै सडक आन्दोलनमा उत्रिएका स्थानीले केही घण्टा सडकजाम गर्नुको साथै सहकारी संस्थाको साइनबोर्ड फालेका छन् भने कार्यालयमा तालाबन्दी गरेका छन् ।
ग्रामीण सहकारी संस्थाले विद्युत सेवा विस्तार गर्ने बारे पटक पटक सम्झौता गरेको भए पनि काम नगरेको सो सहकारी संस्थामा आवद्ध सदस्यहरूको आरोप छ ।
विद्युत सेवाका लागि निकै पहिले रकम समेत बुझाइसकेका स्थानीयले एक साताअघि संस्थाका पदाधिकारीहरूलाई ज्ञापनपत्र बुझाए पनि कुनै प्रतिक्रिया नदिएर वेवास्ता गरेकोले बाध्य भएरु आन्दोलनमा उत्रिनु परेको विद्युत विस्तार संघर्ष समितीका संयोजक वीरबहादुर धामीले बताए ।
उनीहरूले सहकारी संस्था नै खारेज हुनु पर्ने माग गरेका छन् । संघर्ष समितिका संयोजक धामीले स्थानीय तह तथा नेपाल विद्युत प्राधिकरणले सो सहकारी संस्थाले सेवा क्षेत्र खारेजी नगरेकाले विद्युत विस्तार गर्न कठिनाई भएको प्रतिक्रिया दिने गरेको बताए । उनले भने– अब यो सहकारी संस्थासंग कुनै पनि किसिमको सम्झौता हुदैन, यो संस्था नै खारेज नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।
सो सहकारी संस्थाका अध्यक्ष भीमबहादुर बडुवालले आफू विद्युत विस्तार कार्यका लागि दुई महिनादेखि काठमाडौंमा रहेको र विद्युत विस्तारको काम ८० प्रतिशत सकिएको दाबी गरेका छन् ।
अध्यक्ष बड्वालले हाल चार समुहले विद्युत विस्तारको काम गरिरहेको बताए । हाल पनि ४ समुहले समुदायमा काम गरीरहेको उनले जानकारी दिए ।
तर, स्थानीयहरूले भने हाल सामग्री अभाव भएका भन्दै काम नै बन्द भएको र अब विद्युत विस्तारको काम नै अघि बढाउन नदिने अडान लिएका छन् ।
घोडाघोडी नगरपालिकाका वडा नम्बर ४, ५, ७ र ९, गौरीगंगा नगरपालिकाको वडा नम्बर ११ र कैलारी गाउ“पालिकाको वडा नम्बर ८ मा विद्युत विस्तार गर्ने भन्दै सो सहकारी संस्थाले प्रति घरधुरी एक हजार पा“च सयदेखि तीन हजार रुपैया“सम्म संकलन गरेको स्थानीयले बताए ।
आर्थिक वर्ष २०६८÷०६९ मा रकम संकलन गरिए पनि हालसम्म ती वडामा विद्युत सेवा पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार