१० श्रावण २०८१, बिहीबार

महिला जागरण मञ्चको साधारण सभा



धनगढी । सुदूरपश्चिमाञ्चल महिला जागरण मञ्चको बुधबार धनगढीमा छैठौं साधारणसभा भएको छ । साधारण सभाका अवसरमा मञ्चले धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड तथा उपप्रमुख सुशीला मिश्र भट्टलाई सम्मान गरेको छ ।
नगर विकास कोषले आर्थिक वर्ष २०७५÷०७६ मा गरेको मुल्यांकनमा धनगढी उपमहानगरपालिका देशका दुई सय ९३ वटा नगरपालिकामध्ये उत्कृष्ट भएकोमा मञ्चले सम्मान गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा नगर विकास कोषले गरेको कार्यसम्पादन सम्बन्धी मुल्यांकनमा धनगढी उपमहानगरपालिका देशभरी उत्कृष्ट भएको थियो ।
साधारण सभामा शिक्षा, स्वास्थ्य, पत्रकारिता, खेलकुद लगायतका क्षेत्रमा योगदान पु¥याएवापत विभिन्न व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा मञ्चका अध्यक्ष शान्ति सिंह शाहीले संस्थाले महिलाको आर्थिक तथा सामाजिक सशिक्तकरणको क्षेत्रमा काम गरिरहेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार