११ श्रावण २०८१, शुक्रबार

द्वन्द्व प्रभावित महिलाका सवालबारे छलफल



धनगढी । द्वन्द्व प्रभावित महिलाहरूका सवालको पहिचान तथा निराकरणका उपायबारे बुधबार धनगढीमा प्रदेश स्तरीय छलफल कार्यक्रम भएको छ ।
मानव अधिकारका लागि एकल महिला समुह, सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको छलफल कार्यक्रममा प्रदेशका नौ वटै जिल्लाबाट महिला मानव अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि महिलाहरूको सहभागिता रहेको थियो ।
प्रदेश स्तरीय छलफल कार्यक्रमको उद्घाटन गर्दै धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले पुरुषको तुलनामा महिलाले द्वन्द्वको बढी प्रभाव तथा पीडा महसुस गरेको चर्चा गरे । नगर प्रमुख वडले भने– विगतको दश वर्षे हिंसात्मक द्वन्द्वका कारण अधिकांस पुरुष विस्थापित भए, अथवा द्वन्द्वको मारबाट जोगिन गाउ“ छोडेर सदरमुकाम वा अन्यत्र पलायन भए, तर महिलाले जतिसुकै पीडा र कठिनाई भए पनि घरमै सहेर बसे ।
नगर प्रमुख वडले माओवादी द्वन्द्वकालमा हजारौं महिला दिदीबहिनीको सिन्दुर पुछिएको स्मरण गरे । भने– हिंसात्मक द्वन्द्व मच्चाउने दल सरकारमा पुगे, तर द्वन्द्वका पीडित महिलाबारे सोच्ने फुर्सदसम्म छैन ।
कार्यक्रममा मान अधिकारका लागि महिला एकल महिला समुहका केन्द्रिय अध्यक्ष लीली थापाले छलफल कार्यक्रमले द्वन्द्व प्रभावित महिलाहरूका सवालबारे पहिचान गरिने बताईन । उनले भनिन्– एकल महिलाहरू पनि देशका नागरिक हुन्, राज्य उनीहरूका समस्या सम्बोधनका लागि तयार हुनै पर्दछ ।
कार्यक्रम मानव अधिकारका लागि एकल महिला समुह सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष सुमन शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव वेद अवस्थीले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार