११ श्रावण २०८१, शुक्रबार

हलिया मुक्ति दिवसमा र्‍याली



धनगढी । हलिया मुक्त समाज कैलालीको आयोजनामा धनगढीमा शनिबार बिरोध र्‍याली निकालिएको छ । धनगढी ट्राफिक चौराहाबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।
नेपाल सरकारले २०६५ साल भदौ २१ गते मुक्त हलिया घोषणा गरेको थियो । सरकार र राष्ट्रिय हलिया मुक्त समाजबीच पांच बुदे सम्झौता भएपछि हलिया मुक्तीको घोषणा गरिएको थियो ।
कैलालीमा दुई सय २० हलिया परिवार रहे पनि हालसम्म ६० जनाको मात्र पुनस्र्थापना भएको बताइएको छ ।
¥यालीपछि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा छुट हलियाको लगत संकलन गरिनु पर्ने र तत्काल पुनस्थापना गरिनु पर्ने लगायतका माग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार