११ श्रावण २०८१, शुक्रबार

छाउपडी प्रथा अन्त्यका लागि छलफल



धनगढी । सुदूरपश्चिम प्रदेशमा रहेको छाउपडी प्रथा अन्त्यका लागि भारतको बनारसस्थित एफके फेलोले छलफल गरेको छ ।

भारतीय गैरसरकारी संस्था एफके फेलोबाट इन्सेक क्षेत्रीय कार्यालयमा इन्टर्नशीप गर्न आएकी विन्दु विश्वकर्माले यहाँको छाउपडी प्रथाबारे थाहा पाएपछि अचम्म लागेर छलफल आयोजना गरिएको बताइन् ।
उनले बनारसमा पनि महिनावारी हुँदा महिलाहरुले भान्सामा नजाने, मन्दिर नजाने र फूल नछुने गरे पनि बा“की सबै काम गर्न मिल्ने र सबै परिवारसंग बस्न मिल्ने गरेको बताइन् । उनले नेपालमा महिनावारी हुँदा अलग्गै बस्नुपर्ने, महिनाबारी भएका महिलाको हातबाट पानी पनि नखाने, स्कूल नै जान नहुने जस्ता मान्यताले मानव अधिकारमै गम्भीर असर गरेको देखिएको बताइन् ।
कार्यक्रममा इन्सेक क्षेत्रीय संयोजक खडकराज जोशीले युवा पुस्ताले छाउपडी प्रथा मान्न छोडेपछि मात्रै यसको अन्त्य हुने बताए । उनले यो प्रथा नमान्दा पहिलो केही क्षण पीडा भएपनि पछिका राम्रो हुने बताए ।
अधिवक्ता जोहारीलाल चौधरीले छाउपडी प्रथा उन्मुलनका लागि कानुनी व्यवस्था भएपनि यसलाई मान्ने समुदाय नै छाड्न तयार नभएकाले प्रथा कामय रहेको बताए । कार्यक्रममा धनगढीमा विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरु, मानवअधिकारकर्मी, सामाजिक अभियन्ता लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार