११ श्रावण २०८१, शुक्रबार

वडा कार्यालयका लागि जग्गा दान



कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर २ को वडा कार्यालय स्थापनाका लागि स्थानीय बासिन्दाले १३ कठ्ठा जमिन दान गरेका छन् ।
स्थानीय वीरबहादुर भट्टले छ कठ्ठा सात धुर र गणेशबहादुर स्वाँरले छ कटा १२ धुर जग्गा वडा कार्यालय स्थापनाका लागि दान गरेको जनाइएको छ ।
वडा नम्बर २ का अध्यक्ष नरेशबहादुर सिंहले भट्ट र स्वा“रले वडा कार्यालयको भवन निर्माणका लागि १२ कठ्ठा १३ धुर जग्गा निःशुल्क प्रदान गरेको जानकारी दिए । उनले जग्गा दान गर्ने स्थानीय बासिन्दाप्रति आभार व्यक्त गर्दै आर्थिक् वर्ष २०७६÷०७७ भित्रै उक्त जमिनमा वडा कार्यालय निर्माण गरिसक्ने लक्ष्य रहेको बताए ।
वडाध्यक्ष सिंहले बेदकोट नगरपालिकाबाट ८२ लाखको बोलपत्र आह्वान गरी निर्माण व्यवसायीस“ग सम्झौता भइसकेको जानकारी दि“दै केही दिनमै निर्माण कार्य सुरु हुने बताएका छन् । वडालाई समुन्नत र समृद्ध बनाउने अभियानलाई सघाउन जग्गा दान गरेको भट्ट र स्वा“रले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार