११ श्रावण २०८१, शुक्रबार

सुनौलो भविष्यको साधारण सभा



धनगढी । सुनौलो भविष्य नेपाल कैलालीको सातौ वार्षिक साधारण सभा बुधबार धनगढीमा भएको छ । साधारण सभाको सुदूरपश्चिम प्रदेश सभा सदस्य दिव्यश्वरी शाहले एक कार्यक्रमबीच उद्घाटन गरिन् ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका सामाजिक विकास शाखा अधिकृत टंक विष्ट, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ कैलालीका अध्यक्ष देवबहादुर धामी, महासचिव चक्रबहादुर नेपाली, नेपाली का“ग्रेस कार्यालय सचिव धर्मराज ओझा, सामुदायिक वन प्रतिनिधी कमला गुरुङ, चन्द्रा ओझा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष तुलसी देवकोटाको अध्यक्षतामा भएको थियो ।
संस्थाका कोषाध्यक्ष यादवप्रसाद भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव डण्डीराज सुवेदीले गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष भण्डारीले १९ लाख ६० हजार चार सय ३८ रुपैयाको आयव्यय प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार