११ श्रावण २०८१, शुक्रबार

साफ खेल प्रशिक्षण : उसु प्रशिक्षणमा धनगढीबाट एक खेलाडी



धनगढी । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ गेम) को प्रशिक्षणका लागि छनोट भएका धनगढीका उसुका एक खेलाडीलाई बुधबार बिदाइ गरिएको छ ।

पोखरा र काठमाडौंमा आयोजना हुने १३ औ साफका लागि सुदूरपश्चिमका सुशील सेठ्ठी छनोट भएका छन् ।
बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा कैलाली जिल्ला खेलकुद बिकास समिति र शिअ उसु क्वान धनगढीले उसु खेलाडी सुशीललाई बिदाइ गरेको हो ।
कार्यक्रममा कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष दिपकबहादुर सिंह, शिअ उसु क्वानका नारायणप्रसाद लम्साल, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्ल, कैलाली जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष राजिव गुप्ता लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उसु प्रशिक्षक रतनबहादुर खेतीले स्वागत तथा कार्यक्रमको सञ्चालन गरेका थिए ।
उसुु खेलाडी सुशीलले आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदुरपश्चिमका लागि रजत पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार