११ श्रावण २०८१, शुक्रबार

हावाहुरी प्रभावित विद्यालयलाई जस्तापाता



धनगढी । धनगढी उपमहानगरपालिकाको समन्वयमा मानवीय सेवामा अनेकौ प्रयास नामक संस्थाले हावाहुरी प्रभावित पाँच वटा विद्यालयलाई जस्तापाता सहयोग गरिएको छ ।


गत जेठ २३ गतेको हावाहुरीबाट क्षतीग्रस्त धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका पाँच विद्यालयलाई मंगलबार जस्तापाता सहयोग प्रदान गरिएको छ ।
मंगलबार उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र मानवीय सेवामा अनेकौ प्रयास, धनगढीका अध्यक्ष भक्तराज जोशीले संयुक्त रुपमा विद्यालयलाई जस्तापाता हस्तान्तरण गरे ।
धनगढी उपमहानगरपालिकाका अनुसार वडा नम्बर ८, बेलीस्थित राष्ट्रिय माविलाई ४५ थान, वडा नम्बर १८ को ईन्द्रोदय माविलाई दुई सय १६ थान र वडा नम्बर १५ उर्मीस्थित राष्ट्रिय माविलाई ४८ थान जस्तापाता प्रदान गरिएको छ ।
त्यस्तै, वडा नम्बर १२, जुगेडास्थित शारदा माविलाई ५७ थान र वडा नम्बर ११ स्थित जोकैया प्राविलाई ४८ थान जस्तापाता हस्तान्तरण गरिएको छ ।
जस्तापाता हस्तान्तरण कार्यक्रममा नगर प्रमुख वडले उपमहानगरपालिकाले पढाई गुणस्तर सुधार गर्ने विद्यालयलाई सबै किसिमका सहयोग गर्न तत्पर रहेको बताए । नगर प्रमुख वडले “सञ्चालनका लागि मात्रै सञ्चालन भइरहेका विद्यालयबारे पुनर्विचार गर्नुपनेृ अवस्था आइसकेको” बताए ।
सो अवसरमा संस्थाका अध्यक्ष जोशीले बिपदबाट पीडित तथा प्रभावित भएकाहरूका लागि संस्था सदा सहयोगका लागि तत्पर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार