११ श्रावण २०८१, शुक्रबार

अवैध रुपमा भित्राइएको कुखुरा बरामद



धनगढी । भारतबाट अवैध रुपमा भित्राइएका कुखुरा कैलालीको अत्तरियामा बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, औद्योगिक सुरक्षा गुल्म, अत्तरियाका बरिष्ठ हवल्दार दिपेन्द्र बहादुर खड्काको कमाण्डको टोलीले गोदावरी नगरपालिका वडा नम्बर १ भरतपुर टोल जाने बाटोमा ४३ वटा ब्रोईलर कुखुरा बरामद गरेको जनाइएको छ ।


सशस्त्र प्रहरी नायव उपरीक्षक रामचन्द्र थापाका अनुसार म १ प ६६७ नम्बरको मोटरसाईकलमा ब्रोईलर कुखुरा लैजादै गरेको अवस्थामा चेकजा“च गर्न खोज्दा चालक फरार भएको र मोटरसाईकल सहित कुखुराहरू बरामद भएको थियो ।
बरामद गरिएका कुखुरा गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्ट, ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव निरीक्षक विनोदप्रसाद जोशी, गोदावरी नगरपालिका पशु सेवा शाखा प्रमुख रामबहादुर सार्की, कुखुरा व्यवसायी मनिराज नौन्याल लगायतको रहोबरमा नष्ट गरिएको डिएसपी जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार