११ श्रावण २०८१, शुक्रबार

आज हरितालिका तीज



धनगढी । आज नेपाली हिन्दू धर्मावलम्बी महिलाहरूको महान धार्मिक चाड हरितालिका तीज । हिन्दू महिलाहरूले दिनभरी निराहार तथा निर्जल ब्रत बसेर आराध्यदेव भगवान शिव तथा माता पार्वतीको पुजाआजा, उपासना गर्दै पतिको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दछन् ।


सत्ययुगमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँभनेर निराहार ब्रत बसेको र उनको कामना पुरा भएको विश्वासका साथ अविवाहित युवतिले योग्य पति पाउन र विवाहित महिलाले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै निराहर तथा निर्जल ब्रत बस्ने गरेका छन् ।
हरितालिका तीजको अघिल्लो दिन ब्रतालु महिलाले दर खाने प्रचलन छ । पछिल्ला केही वर्षयता तीज आउनु अघि नै दुईतीन सातासम्म दर खाने, तीजका गीत सहित नाचगान गर्ने चलन बढेको छ ।
दर खने दिनदेखि नै हरितालिका तीज सुरु हुने गर्दछ । विवाहित चेलीबेटी माइतीघर आउने गर्दछन् । दरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाई, फलफूललगायतका परिकार खाने गरिन्छ । दर खाएको भोलीपल्ट निराहार तथा निर्जल ब्रत बस्ने भएकाले अघिल्लो रत खीर लगायतका सात्वीक भोजन गर्ने गरिन्छ ।
तीजको दिन ब्रतालु महिला समुहमा शिवालय तथा घरमा पुजाआजा गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार