१२ श्रावण २०८१, शनिबार

लुटिएका हेमन्तको आन्तरिक मामिला मन्त्रालयद्वारा उद्धार



धनगढी । कैलालीको भजनी नगरपालिकाको झल्झलियाका एक युवक भारतबाट रोजगारी गरेर फर्किने क्रममा लुटिएका छन् ।


भारतबाट फर्किने क्रममा कञ्चनपुरको गड्डा चौकी पुगिसकेपछि झल्झलियाका हेमन्त बुढामगरलाई अपरिचित व्यक्तिहरुले बेहोस बनाएर लुटेको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव तेजप्रकाश जोशीले बताए । उनका अनुसार हेमन्तलाई बेहोस अवस्थामा भेटाएपछि एक अटो रिक्सा चालकले गड्डाचौकीमा रहेको नागरिक सहायता कक्षमा पु¥याएका थिए ।
लगत्तै सहायता कक्षबाट निमित्त सचिव जोशीलाई खबर आएपछि गएर मन्त्रालयकै गाडीमा सहायता कक्षबाट महाकाली अस्पतालमा उपचारका लागि पु¥याएको सचिव जोशीले बताए । हेमन्तको महाकाली अस्पतालमा उपचार भइरहेको सचिव जोशीले बताए । निमित्त सचिव जोशीसंगै उद्धार टोलीमा रहेका भजनीका नारायण मिश्रको सहयोगमा हेमन्तको परिवारलाई समेत जानकारी गराइएको उनले बताए । घटनाको जानकारी पाएपछि हेमन्तको बुवा समेत बेहोस भएको उनले बताए । हेमन्तलाई लिन उनका परिवारका अन्य सदस्यहरु महेन्द्रनगर आइरहेको निमित्त सचिव जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार