११ श्रावण २०८१, शुक्रबार

जलवायु परिवर्तन संवेदनशीलताबारे अभिमुखीकरण



लम्की । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९, अमरावतीमा शुक्रबार जलवायु परिवर्तन संवेदनशिलता तथा अनुकुलन सम्बन्धी अभिमुखीकरण गोष्ठी भएको छ ।
सामाजिक विकास तथा अनुसन्धान केन्द्र, नेपाल बाँकेको आयोजनामा भएको गोष्ठीमा गाउँपालिकामा सञ्चालित कार्यक्रमबारे जानकारी गराइयो ।
संस्थाका परियोजना संयोजक सुरेन्द्रबहादुर ठगुन्नाका अनुसार जानकी गाउ“पालिका वडा नम्बर ९ का धनुवाफाटा, कुन्ती र बक्लौवा टोलमा जलवायु परिवर्तन सम्बन्धीका कार्यक्रम सञ्चालन गरिने छ ।
गोष्ठीमा प्राक्टिकल एक्सन नेपालका प्रबन्धक निर्देशक देवद्त भट्टले समुदायहरूको जलवायु परिवर्तन अनुकुलन क्षमता बृद्धी गर्न जिविकोपार्जनका क्रियाकलाप गर्ने, सरोकारवाला निकाय र स्थानीय सरकारलाई जलवायु परिवर्तन र यसका असर तथा अनुकुलनका उपायबारे सुसूचित गर्ने, जलवायु परिवर्तनका नकारात्मक प्रभाव कम गर्न प्राकृतिक स्रोतहरूको संरक्षण तथा व्यवस्थापन गर्ने, तथा वातावरण मैत्री एवं अनुकुलन नीति, योजना र कार्यक्रम निर्माण गर्न अभिप्रेरित गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताए ।
गोष्ठीमा वडा नम्बर ९ का धनुवाफा“टा, कुन्ती र बक्लौवा गाउँका सहकारी संस्था, सामुदायिक वन, बड्घर र समुदायमा आधारित समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
प्राक्टिकल एक्सन नेपालका प्रबन्धक निर्देशक भट्ट, संस्थाका परियोजना संयोजक ठगुन्ना, परियोजना अधिकृत रमेश गौतमले सहजिकरण गरेको कार्यक्रमको सञ्चालन परियोजनाका सामाजिक परिचालक फागुरा चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार