१२ श्रावण २०८१, शनिबार

तीज शुभकामना आदानप्रदान कार्यक्रम



धनगढी । कैलाली उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबार धनगढीमा तीजको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।


सो अवसरमा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले समयको परिवर्तन संगै तीजका अवसरमा व्यक्त हुने गीतमा दुःख, पीडा, वेदना मात्रै नभएर समाजमा सकारात्मक सन्देश प्रवाह हुने विषवस्तु समेटिनु पर्ने चर्चा गरिन् ।
उपप्रमुख भट्टले तीज पर्वलाई महिलाको मात्रै पर्वको रुपमा अथ्र्याउन नहुने बताइन् । भनिन्– यो पर्वले महिला सशक्तिकरणका लागि जागरुकता ल्याउन सक्नु पर्दछ । अहिले पनि विभिन्न बहानामा महिलामाथि हिंसा भइरहेको छ । यसको अन्त्यका लागि समाजका सबै पक्षको समान दायित्व छ ।
कार्यक्रमा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कु“वरले तीजलाई भव्य र सभ्य रुपमा मनाउन आग्रह गरे ।
शुक्रबार नै संघले महिलाहरूका लागि दरको ब्यबस्था पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार