१२ श्रावण २०८१, शनिबार

फूलबारीमा प्रहरीसंग एक दिन



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्थित जनजागृति माध्यामिक विद्यालयमा बुधबार “प्रहरीसंग एक दिन” कार्यक्रम भएको छ । कार्यक्रममा कक्षा नौ र दशका विद्यार्थीहरूलाई ट्राफिक नियम बारे जानकारी दिइएको जनाइएको छ ।

धनगढी उपमहानगरापालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा युएनडिपीको सहकार्यमा युवा शान्ति परिषद्, कैलालीको आयोजनामा भएको कार्यक्रममा एक सय १८ जना विद्यार्थी सहभागी रहेका थिए ।
सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीले विद्यार्थीहरूलाई ट्राफिक नियमहरूबारे जानकारी दिएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकबहादुर क्षेत्रीले सवारी दुर्घटना न्युनिकरणका लागि युवा विद्यार्थीहरूलाई ट्राफिक नियमबारे बढीभन्दा बढी जानकारी दिनुका साथै जागरुक बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार