१२ श्रावण २०८१, शनिबार

ग्यास चुहावटबाट आगलागी हुदा एकको मृत्यु



धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ “घ’ गाउँमा बुधवार बिहान खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
आगलागीमा गम्भीर घाइते भएकी शान्ति पौडेलको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक किशनानन्द भट्टले बताए ।
घाइते मृतक शान्तिका श्रीमान् नेत्रप्रसाद पौडेलको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । भने अर्का घाइते पुनर्वास नगरपालिका वडा नम्बर ६ का धनबहादुर थापाको पोलिक्लिनिक धनगढीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार