११ पुष २०८१, बिहीबार

स्मृतिबाटिकाबारे छलफल



धनगढी । आफ्नो र आफन्तहरूको सम्झनामा बिरुवा रोप्न पाउने गरि निर्माणाधीन स्मृति बृक्षबाटिकाबारे बुधबार धनगढीमा सरोकारवालाहरूबीच छलफल भएको छ ।


धनगढी उपमहानगरपालिका, कैलाली बहुमुखी क्याम्पस तथा ईनरिच नेपालको आयोजनामा छलफल कार्यक्रम भएको थियो ।
छलफलमा ईनरिच नेपालका प्रबन्ध निर्देशक जीवन थापाले स्मृति बृक्षबाटिको अवधारणाबारे प्रस्तुति गरेका थिए ।
छलफलका क्रममा उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले स्मृति बृक्षबाटिका अवधारणाले सर्बसाधारणमा आफन्तको सम्झनामा विरुवा रोप्न प्रेरणा प्राप्त हुने बताइन् ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले हरेक व्यक्तिले आफ्नो वा आफन्तको जन्मदिन, आफन्तको पूण्यतिथि वा कुनै विशेष दिनमा विरुवा रोप्न सक्ने बताए । उनका अनुसार प्रत्येक विरुवामा रोप्ने व्यक्ति र प्रयोजनको ट्याग लगाइने छ । स्मृति बृक्षबाटिका विरुवा रोप्ने व्यक्तिले एक हजार रुपैया“ शुल्क तिर्नुपर्ने नियम रहेको छ ।
कैलाली बहुमुखी क्याम्पससंगको साझेदारीमा वडा नम्बर ८ मा सो स्मृति बृक्षबाटिका निर्माण भैरहेको छ । कैलाली बहुमुखी क्याम्पस स्मृति बृक्षबाटिका नामाकरण गरिएको सो बाटिका निर्माणका लागि क्याम्पसले जमिन उपलब्ध गराइएको जाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार