१२ श्रावण २०८१, शनिबार

लैंगिक हिंसा विरुद्धको डेउडा गीत प्रतियोगिता : वडा नम्बर १२ प्रथम



धनगढी । धनगढी उपमहानगरपालिकाको न्यायिक समितिको आयोजनामा भएको लैंगिक हिंसा विरुद्धको डेउडा गीत प्रतियोगीता बुधबार समापन भएको छ ।


डेउडा गीत प्रतियोगितामा उपमहानगरपालिकाको वडा नम्बर १२ को समुह प्रथम भएको छ । विजेता समुहले १६ हजार रुपैया पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै, वडा नम्बर ११ दोस्रो तथा वडा नम्बर २ तेस्रो भएका छन् । प्रतियोगितामा दोस्रो तथा तेस्रो स्थान प्राप्त गरेका समुहले क्रमशः १४ हजार र १० हजार रुपैया पुरसकार पाएका छन् ।
प्रतियोगीतामा १० वटा महिला समुहको सहभागिता रहेको थियो ।
प्रतियोगिता समापनका अवसरमा विजेता टिमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले लैंगिक हिंसाबारे समाजमा जागरण ल्याउन तथा न्यूनिकरणका लागि दवाव बृद्धि गर्ने उद्देश्यले गौरा पर्वको अवसर पारेर डेउडा गीत प्रतियोगिता आयोजना गरिएको बताइन् ।
डेउडा गीत प्रतियोगितामा बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तदेखि भ्रुण हत्या, घरेलु हिंसा, कार्यक्षेत्रमा हुने हिंसा र महिला कामदारमाथि ज्यालामा गरिने बिभेद लगायतका विषय उठाइएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार