८ असार २०८१, शुक्रबार

लैंगिक हिंसा विरुद्ध देउडा प्रतियोगिता



धनगढी । धनगढी उपमहानगरपालिको न्यायिक समितिको आयोजनामा मंगलबार धनगढीमा भएको लैंगिक हिंसा विरुद्धको देउडा गीत प्रतियोगितामा कञ्चनपुरकी निर्मला पन्तले अझैंसम्म न्याय नपाएको विषयले निकै चर्चा पायो ।


प्रतियोगितामा सहभागीहरूले निर्मलाको बलात्कार पछि हत्या गरिएको एक वर्ष बढी भइसक्दा पनि अझैं घटनाको वास्तविकता पत्ता नलागेको तथा वास्तविक दोषिहरूमाथि कानूनी कारबाही नभएकोमा पनि गीतमार्फत आक्रोस व्यक्त गरे ।
त्यस्तै, देउडा गीत प्रतियोगिताका सहभागीहले गीतमार्फत गर्भमा लिंग पहिचान गरेर छोरी भएमा भ्रूणहत्या गर्ने प्रवृत्ति बढेकोमा पनि चिन्ता व्यक्त गरे । देउडा गीत प्रतियोगितामा महिला हिंसा, कार्यक्षेत्रमा हुने हिंसा र महिला कामदारको ज्यालामा गरिने विभेदबारे पनि चर्चा गरियो ।
कार्यक्रममा उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले लैंगिक हिंसा विरुद्ध जागरण ल्याउन गौरा पर्वको अवसर पारेर देउडा गीत प्रतियोगिताको आयोजना गरिएको बताइन ।
प्रतियोगितामा उपमहानगरपालिकाका विभिन्न वडाका १० महिला समुह सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार