११ श्रावण २०८१, शुक्रबार

एसियाली विकास बैंक र उपमहानगरपालिकाबीच छलफल



धनगढी । एसियाली विकास बैंकको मिसन टोली, क्षेत्रीय सहरी विकास आयोजना र धनगढी उपमहानगरपालिबीच सोमबार छलफल भएको छ ।


सो अवसरमा क्षेत्रीय शहरी विकास आयोजना र त्यसको आन्तरिक कार्यप्रगतीको विषयमा समिक्षा भएको जनाइएको छ ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडका अनुसार छलफलका क्रममा क्षेत्रीय शहरी विकास कार्यक्रमको कार्य प्रगतीको समिक्षाका साथै चालु आर्थिक बर्षमा कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको छ ।
क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत उपमहानगरपालिकामा सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा काम गरिरहेको छ ।
बैशाख १२ गते देखि लागु हुने गरि आयोजनाले ४५ दिने सूचना जारी गरिसकेको थियो । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत घनगढीमा बिभिन्न आकारका २३ वटा सडक निर्माण हुदैछन् । जसमध्य पहिलो चरणमा ७ वटा सडक निर्माण हुने भएका छन् । । त्यसैगरी दोश्रो चरणमा बाँकी सडक निर्माण हुने छन् । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतका सडक चरणवद्ध निर्माण हुने बताईएको छ ।
धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारका लागि २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड छुट्टाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार