विपद प्रतिकार्य गोष्ठी
धनगढी । धनगढी उपमहानगरपालिकाको नगरस्तरीय बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धी कार्यशाला सोमबार भएको छ ।
नेपाल रेडक्रस सोसाईटी, कैलालीको आयोजनामा भएको बिपद पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी कार्यशालामा उपमहानगरपालिकाका जनप्रतिनिधी र बिभागिय प्रमुख, रेडक्रस सोसाईटी कैलालीका पदाधिकारी तथा बिपदका क्षेत्रका काम गर्ने संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यशालामा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले विगतका सिकाई र भोगाईमा आधारित रहेर बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरिने बताए ।
उनले बिपद पूर्व तयारी तथा प्रतिकार्य सम्वन्धी योजना नहुदा बिपदको समयमा समस्या आउने गरेको बताए ।
उनले बिपदमा काम गर्न सजिलो बनाउन बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना, बिपद ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना निर्माण कार्य भैरहेको जानकारी दिए ।