पुनःनिर्माणको प्रतिक्षामा बझाङको मेल्लेख दरबार
बझाङ । राजा जयपृथ्वीबहादुर सिंहको छबीसपाथिभेरा गाउँपालिका, जयपृथ्वीनगरस्थित मेल्लेख दरबार पुनःनिर्माणको प्रतिक्षामा रहेको छ । मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले तत्कालीन बझाङ राज्यमा केही वर्ष शासनसत्ता सञ्चालन गरेको सो दरबार हाव भग्नावशेषमा परिणत भएको छ ।
गत वर्ष पु्रातत्व विभागले दरबार उत्खनन् गरि पुनर्निर्माणका लागी एक टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । तर, दरबारको पुनःनिर्माण कार्य भने अझैं शुरु भएको छैन ।
बझाङको छबीसपाथिभेरा गाउँपालिका वडा नम्बर २, मेल्लेकस्थित सो दरबार बिक्रम संवत १९४७ सालतिर निर्माण भएको अनुमान गरिएको छ ।
नौ तलाको सो दरबारको एक तला जमिनमुनि रहेको मानिन्छ ।
सो दरबारको उत्खनन् तथा पुनःनिर्माणका लागि गाउ“पालिकाले पनि प्रयास गरिरहेको छ । छबीसपाथिभेरा गाउँपालिका अध्यक्ष अक्कलबहादुर धामीले गाउपालिका स्वयंले चालू आर्थिक वर्ष २०७६÷०७७ को बजेटबाट दरबार क्षेत्रको घेरबारका लागि १० लाख रुपैयाँ बिनियोजन गरेको जानकारी दिए ।
उनले गुरुयोजना सहित दरबारको उत्खनन्का लागि प्रारम्भिक काम शुरु गरेको भए पनि गाउँपालिकाको स्रोतले मात्र उत्खनन् तथा पुनःनिर्माण सम्भव नहुने बताए ।