१२ श्रावण २०८१, शनिबार

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु



धनगढी । कैलालीमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका वडा नम्बर १ का ७० वर्षीय खुलसी डगौरा र वडा नम्बर ९ का अम्मर रानामगरका १२ वर्षीय छोरा उपेन्द्र रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाटोमा हि“डिरहेको अवस्थामा खुलसीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घरबाट आफन्तको घर जाने क्रममा उनी बाटोमा लडेर घाइते भएकी थिइन् ।
उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
उपेन्द्रको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । खेल्ने क्रममा घर नजिकै रहेको खाल्डोमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार