२ असार २०८१, शनिबार

सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्ने युवक पक्राउ



धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएको विषयमा सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेको आरोपमा प्रहरीले कैलालीको लम्कीका एक युवकलाई पक्राउ गरेको छ ।

लम्कीका २६ वर्षीय हृदय उपाध्यायलाई इलाका प्रहरी कार्यालय लम्कीले आईतबार पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय लम्कीले अपराध महाशाखा टेकुको निर्देशनमा युवक हृदयलाई पक्राउ गरेको जनाएको छ । उनी नेविसंघमा आवद्ध रहेको बताइएको छ ।
ईलाका प्रहरी कार्यालयले अपराध महाशाखा टेकुले साईबर अपराध अन्र्तगत पक्राउ गर्न दिएको आदेशका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ । उपाध्यायलाई अपराध महाशाखा टेकु पठाईने इलाका प्रहरी कार्यालयले जनाएको छ ।
युवक हृदयले केही दिन पहिले फेसबुकमा प्रधानमन्त्रीलाई लक्षित गर्दै ‘मुलुक हा“क्ने उखाने हप्तैपिच्छे स्वास्थ्य परीक्षण गर्न सिंगापुर उड्छन्, बिचरा जनता’ लगायतका स्टाटस लेखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार